Main News

त्रिभुवन विश्वविद्यालयका सबै तहका परीक्षा स्थगित

हिमालय टिभी
२०७८ वैशाख १३ गते १६:४३
त्रिभुवन विश्वविद्यालयका सबै तहका परीक्षा स्थगित

१३ वैशाख २०७८ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गरेको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आज बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो ।

यसअघि कोरोना संक्रमण बढेपछि सरकारले सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको थियो । आजका लागि निर्धारित परीक्षा भने संचालन भएका छन् ।

विभिन्न ठाउँमा लकडाउन र निषेधाज्ञाका कारण परीक्षा सञ्चालन गर्न नसकिने अवस्था आएको त्रिविले निकालेको सूचनामा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *