त्रिभुवन बहुमुखी क्याम्पस : क्याम्पस प्रमुख र प्रशासनमा लगाएको ताला खुलेन (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २८ गते १६:३३
त्रिभुवन बहुमुखी क्याम्पस : क्याम्पस प्रमुख र प्रशासनमा लगाएको ताला खुलेन (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७९ पाल्पा । देशैभरीका बहमुखी क्याम्पसमा अहिले स्ववियुको निर्वाचनको चर्चा छ । चैत ५ गते हुने निर्वाचनमा विद्यार्थी आ–आफनो प्यानल गठबन्धन र संगठनलाई मजबुद बनाउने र आफ्नै संगठनले जित हासिल गर्ने विषयवस्तुलाई सार्थकता दिएका छन् ।

तर पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा भने विद्यार्थी र क्याम्पस प्रशासनबीच तालमेल नहुँदा चुनाव त परको कुरा क्याम्पस प्रमुख र प्रशासनमा लगाएको ताला खुलेको छैन ।

२०६५ सालदेखि त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा स्ववियुको निर्वाचन हुन सकेको छैन । २०७३ मा निर्वाचन गर्ने गरी तालिका सार्वजनिक गरे पनि तालाबन्दीका कारण निर्वाचन स्थगित हुन पुग्यो । अहिले पनि क्याम्पसमा अनेरास्ववियु नेपालले विभिन्न माग राख्दै तालाबन्दी गरेको छ ।

तालाबन्दीपछि बसेको सर्वदलीय बैठकबाट समेत विद्यार्थीको माग पूरा भएको छैन । प्रशासनले माग पूरा गर्ने मानेपनि विद्यार्थीले तत्काल कार्यान्वयन गर्न माग राखेकाले सहमति हुन सकेको छैन । तर, प्रशासनले भने सहमतिमा आए निर्वाचन हुने र नआए निर्वाचन नहुने बताएको छ ।

यता, अनेरास्ववियुले लगाएको तालालाई अन्य विद्यार्थी संगठनले भनेर हारको संज्ञा दिएका छन् । विद्यार्थी संगठनहरू सहमतिमा ल्याएर भएपनि निर्वाचन सम्पन्न गर्नुपर्ने बताउँछन् ।

त्रिभुवन बहुमुखी क्याम्पसमा २ हजार ४ सय २२ मतदाता छन् । यहाँ स्ववियु निर्वाचनका लागि सात दल र एक असंलग्न संगठनले दर्ता गरेको छ । तर, तालाबन्दी नखुलेसम्म चुनाव हुने अवस्था नरहेकाले चैत ५ मा चुनाव हुने नहुने टुंगो छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *