पहिरोले त्रिभुवन राजपथ पुनः अवरुद्ध

हिमालय टिभी
२०७८ भदौ १४ गते ८:२९
पहिरोले त्रिभुवन राजपथ पुनः अवरुद्ध

१४ भदौ २०७८ धादिङ । त्रिभुवन राजपथको नागढुंगा–नौबीसे सडक खण्डमा पहिरो जाँदा फेरि अवरुद्ध भएको छ ।

पहिरो हटाएको ५ घण्टापछि सुचारु हुन नपाउँदै फेरि सोही स्थानमा पहिरो जाँदा नागढुङ्गा–नौबीसे राजमार्ग अन्तर्गत काठमाडौ चन्द्रागिरी नगरपालिका–२ चिसापानीमा गएको पहिरोले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

चार तीन दिनदेखि परेको अविरल वर्षाको कारण बिहान ५ बजेर ४५ मिनेटको समयमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

नेपालको मुख्य राजमार्गमा आएको ठूलो पहिरोको कारण उपचारका लागि काठमाडौ आएका बिमारी र अन्य यात्रुसमेत समस्यामा परेका छन् ।

पहिरो पन्छाउन डोजर परिचालन गरिसकिएकाले केही घण्टामा सडक खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *