खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबको लगातार दोस्रो जित

हिमालय टिभी
२०७९ कार्तिक १८ गते १७:१८
प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबको लगातार दोस्रो जित

१८ कात्तिक २०७९ काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई १ सय ६९ रनले हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमविरुद्ध शान्दार जित निकाल्दै आर्मीले २ अंक जोडेको हो । २ सय ८३ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गरेको सुदुरपश्चिम २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रनमै रोकियो । उसका वसन्त खत्रीले २५ रन बनाउनु बाहेक अन्य ब्याटर सस्तैमा आउट भए ।

सुदूरपश्चिमलाई धरासयी बनाउन आर्मीका जितेन्द्र मुखियाले ३ विकेट लिए । त्यस्तै विक्रम शोब र साहब आलमले २(२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनायो ।

१३ रन बनाउँदा ओपनर हरी चौहानलाई गुमाएको आर्मीका लागि अर्जुन साउद र भिम सार्कीले ९६ रनको साझेदारी गरे । अर्जुन साउदले सर्वाधिक ७३, रोहित पौडेलले ५२, कुशल मल्लले ४३, भिम सार्कीले ३४ र कप्तान विनोद भण्डारीले २८ रन जोडे । बलिङमा हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहोराले २(२ विकेट लिए ।

अर्को खेलमा एपीएफ र गण्डकी प्रदेशले बराबरी खेल्दै अंक बाँडेका छन् । १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन बनायो । गण्डकीका अभिषेक बस्नेतले सर्वाधिक २४ रन बनाए ।

बलिङमा एपिएफका किशोर महतो र मौसम ढकालले ४(४ विकेट लिए । यसअघि मुलापानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको एपिएफ ३५ ओभर १ बलमा १ सय १५ रन बनाउँदै अलआउट भयो । एपिएफलाई सस्तैमा रोक्न गण्डकीका अमृत गुरुङ र अर्जुन कुमालले ३–३ र सुवाष भण्डारीले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्