Main News

त्रिभुवन विश्वविद्यालयको पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ५ गते १६:५९
त्रिभुवन विश्वविद्यालयको पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क ! (भिडियो रिपोर्टसहित)

५ भदौ २०८० काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेको छ ।

विश्वविद्यालय भित्र कै पुस्तकालयमा अध्ययनका लागि शुल्क निर्धारण गरिनु अव्यवहारिक भएको भन्दै विद्यार्थीले असन्तुष्टि व्यक्त गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको त्रिभुवन विश्वविद्यालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न शुल्क तोकेको छ । पुस्तकालय भित्र बसेर पढ्नका लागि सदस्यता लिनुपर्ने बनाइएको हो । भदौ १ गते पहिले स्वतःस्फुर्त बसेर पढ्न पाइने पुस्तकालयमा शुल्क तोकिए पछि विद्यार्थी आक्रोशित भएका छन् ।

सरकारी कार्यालय ढाँचामा खोलिने पुस्तकालयले यो बिषय पुन विचार गर्नुपर्ने विद्यार्थीको माग छ । पुस्तकालय कार्यालय समयमा मात्रै खुल्ने गरेको भन्दै २४ सै घण्टा सञ्चालन गर्ने र शुल्क निर्धारण फिर्ता गरेर पुस्तकालयलाई विद्यार्थीमैत्री बनाउनुपर्नेमा विद्यार्थीको जोड छ ।

पुस्तकालयले ६ महिनाको सदस्य बन्न ६ सय रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी सात सय रुपैँया तोकेको छ । एक वर्ष सदस्य बन्न एक हजार रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी ११ सय रुपैयाँ तिर्नुपर्नेछ ।

हाल कीर्तिपुर आसपास रही लोक सेवा आयोगलगायत तयारी कक्षा गरिरहेका विद्यार्थीले समेत त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको सेवा लिने गरेका छन् । त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थी भने पुस्तकालयमा लोकसेवा, जापनिज भाषा पढ्नेले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न शुल्क निर्धारण गर्नु राम्रो निर्णय भएको बताउँछन् ।

पुस्तकालयमा अध्ययन गर्न आउने विद्यार्थीको रेकर्ड राख्न पनि नियमन गरिएको पुस्तकालय प्रशासनको दाबी छ । उसले पुस्तकालयमा तयारी कक्षा र त्रिविका विद्यार्थीबीच झैंझगडा नै हुन थालेपछि शुल्क निर्धारण गर्नु परेको भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ ।

पुस्तकालयमा दैनिक सात सयदेखि एक हजार विद्यार्थी अध्ययन गर्दछन । त्रिवि केन्द्रीय पुस्तकालयभित्र लामो समयसम्म बसेर अध्ययन गर्न खोज्ने विद्यार्थीको हकमा अनिवार्य रुपमा सदस्य हुने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *