कैदीबन्दी

झापाका कैदीबन्दीले पठाए सिन्धुपाल्चोकका बाढी पीडितलाई नगद राहत

२४ असार २०७८ झापा । झापा कारागारमा रहेका कैदीबन्दीले बुधबार सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि रु ५० हजार १०० नगद पठाइदिएका छन् । वर्षायामको शुरुआती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग...

९५ जनाको क्षमता तर ४१५ जना कैदीबन्दी छन् कारागारमा (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ कञ्चनपुर । कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुण बढी कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षामा सकस भएको छ । ९५ जना कैदीबन्दी राख्ने क्षमता भए पनि अहिले यो कारागारमा ४ सय १५ जना कैदीबन्दी छन् । जसका कारण...

४०१ जना कैदीबन्दीको कैद समय छुट दिने सरकारको निर्णय

७ फागुन २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४०१ कैदीबन्दीको कैद सजाय माफी दिनु भएको छ । मन्त्रिपरिषद्को सिफारिशमा उहाँले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको हो । राष्ट्रपति कार्यालयका सहायक...

घोराही कारागारका कैदीबन्दीलाई कम्प्युटर प्रदान, इन्टरनेट उपलव्ध गराउन माग (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ दाङ । दाङको घोराही र तुलसीपुर कारागारमा रहेका कैदबन्दीलाई कम्प्युटर प्रदान गरिएको छ । कैदीबन्दीले नै प्रयोग गर्ने गरी कम्प्युटर सहयोग गरिएको हो । कम्प्युटर पाएपछि कैदीबन्दी उत्साही छन् । दाङको घोराही कारागारका कैदीबन्दीलाई शिक्षा दिन...

कारागारमा कैदीबन्दीको कोचाकोच, नयाँ भवन निर्माण सुस्त (भिडियोसहित)

४ माघ २०७७ बाँके । बाँकेको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी छन । ठाउँ अभाव हुँदा कैदीबन्दीले राम्रोसँग सुत्न समेत पाएका छैनन । कोचिएर बस्नुपर्ने र पालो पर्खेर सुत्नुपर्ने बाध्यता छ । कैदीबन्दीलाई व्यवस्थित रुपमा राख्ने उद्देश्यले सरकारले...

तनहुँ कारागारका कैदीबन्दीले पठाउन थाले दशैंका लागि घर खर्च (भिडियोसहित)

२ कात्तिक, २०७७, तनहुँ । तनहुँ कारागारका कैदीबन्दीले दशैंका लागि घर खर्च पठाउन थालेका छन् । बाँसको मुढा बेचेर आएको रकम उनीहरुले घर खर्च पठाउन थालेका हुन् । तनहुँका कैदीबन्दीले कारागारभित्रै बाँसका मुढा बनाउने गरेका छन् । उनीहरुले बनाएको...

झापा कारागारका कैदीबन्दी राख्न आइसोलेसन तयार

१७ असोज, २०७७ झापा । झापा कारागारका कैदीबन्दीका लागि आइसोलेसन तयार गरिएको छ । भद्रपुर कारागारका सात कैदीबन्दी, एक भान्से कर्मचारी र दुई प्रहरी कर्मचारी गरी एकै पटक १० जनामा कोरोना देखिएपछि उनीहरुलाई राख्न आइसोलेसन बनाइएको हो। कोरोना संक्रमितका...

कैदीबन्दी जैसवालको मृत्युबारे केन्द्रीय कारागार र वीर अस्पतालले दिए यस्तो प्रष्टिकरण

७ असोज, २०७७ काठमाडौं । कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रीय कारागार कार्यालयले मृत्यु शंकास्पद नभएको प्रष्टिकरण दिएको छ । असोज ३ गते राति ११ः ५५ बजे मृत्यु भएका जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको अस्पताल र...

जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न वा कैद कम गर्न सर्वोच्चको आदेश

२५ भदौ, २०७७ काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश दिएको छ । सर्वोच्चले २०७७ साउन १९ गते दिएको आदेशको आज सार्वजनिक पूर्णपाठमा सरकारले...

पर्सामा ६ जना कैदीबन्दीसहित ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१४ साउन, २०७७, वीरगञ्ज । ६ जना कैदीबन्दीसहित पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या भइरहेको वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायाणी अस्पतालको पीसीआर प्रयोगशालामा...