घोराही कारागारका कैदीबन्दीलाई कम्प्युटर प्रदान, इन्टरनेट उपलव्ध गराउन माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २६ गते १६:४६
घोराही कारागारका कैदीबन्दीलाई कम्प्युटर प्रदान, इन्टरनेट उपलव्ध गराउन माग (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ दाङ । दाङको घोराही र तुलसीपुर कारागारमा रहेका कैदबन्दीलाई कम्प्युटर प्रदान गरिएको छ । कैदीबन्दीले नै प्रयोग गर्ने गरी कम्प्युटर सहयोग गरिएको हो । कम्प्युटर पाएपछि कैदीबन्दी उत्साही छन् ।

दाङको घोराही कारागारका कैदीबन्दीलाई शिक्षा दिन भन्दै पोहोर ज्ञान ज्योति विद्यालय नामाकरण गरी विद्यालय स्थापना गरेर पढाउन थालियो । पठनपाठनमा कैदीबन्दीको रुची पाइयो । उनीहरुले कम्प्युटर शिक्षा पनि पाउनुपर्ने माग गरे ।

कैदी बन्दीको माग अनुसार विभिन्न संस्थाहरुसँग समन्वय गरी कैदीबन्दीका लागि कम्प्युटर उपलब्ध गराइएको हो । ज्ञानको आदानप्रदान र नयाँ शिक्षा प्रदान गर्ने उद्देश्यले कैदीबन्दीलाई कम्प्युटर सिकाउन थालिएको हो ।

रोटरी क्लब अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लब र संस्थाको सहकार्यमा घोराही र तुलसीपुर कारागारलाई १०–१० थान कम्प्युटर प्रदान गरिएको छ ।

गुडविल कम्युनिटी फाउण्डेशन क्लब, रोटरी क्लब अफ ब्रान्चबुर्ग क्लब, रोटरी क्लब अफ धुलिखेल, सामुदायिक सेवा केन्द्र र आशा प्रोजेक्टको फ्रेण्डस अफ नेपालको सहयोगमा कारागारमा कम्प्युटर प्रदान गरिएको छ । कारागारलाई सुधार गृहसँगै सीप तथा ज्ञानको सिकाई केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले दाङका दुई वटै कारागारलाई कम्प्युटर प्रदान गरिएको हो । कम्प्युटर पाएसँगै कम्प्युटर शिक्षा पाउदा कैदीबन्दी निकै खुसी छन् ।

कैदीलाई कम्प्युटरमा टाइपिङ्ग लगाएतका अन्य प्रोग्राम सिकेर समय कटाउन पनि सजिलो भएको छ । कम्प्युटर पाएसँगै उनीहरुले इमेल–इन्टरनेटको सुविधा पनि दिन माग गरेका छन् ।

कैदीबन्दीलाई कैदीबन्दीले नै पढाउँछन् र सिकाउछन् । पढाउने शिक्षकले तलव नपाए पनि वार्षिक २ महिना कैद मिनाहा गरिदिने व्यवस्था मिलाइएको छ । घोराही कारागारमा ५ प्रतिशत स्नातक तहसम्मको अध्ययन गरेका ७० प्रतिशत कक्षा ७ सम्म पढेका र बाँकी सबै निरक्षर छन् ।
भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *