समाज
झापा कारागारका कैदीबन्दी राख्न आइसोलेसन तयार
२०७७ असोज १७ गते १८:५९
१७ असोज, २०७७ झापा । झापा कारागारका कैदीबन्दीका लागि आइसोलेसन तयार गरिएको छ ।
भद्रपुर कारागारका सात कैदीबन्दी, एक भान्से कर्मचारी र दुई प्रहरी कर्मचारी गरी एकै पटक १० जनामा कोरोना देखिएपछि उनीहरुलाई राख्न आइसोलेसन बनाइएको हो।
कोरोना संक्रमितका लागि पौष्टिक आहारको अभाव भएकाले सहयोग गरिदिन कारागारका चौकीदार मोहन धितालले आग्रह गर्नुभएको छ ।
साढे तीन सय क्षमताको कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी एक हजार एक सय ४३ जना कैदीबन्दी छन् ।
त्यसमध्ये सय जनमा दम, २० जनामा टीबी, आठ जनामा मिर्गौला, १२ जनामा मुटु, ३५ जनामा मानसिक, चार जनामा एचआइभी ३० जनामा मधुमेहको समस्या छ ।
प्रतिक्रिया