Main News

सुधार गृहबाट फरार ८४ जना कैदीबन्दी पक्राउ

हिमालय टिभी
२०८० भदौ ४ गते १७:०१
सुधार गृहबाट फरार ८४ जना कैदीबन्दी पक्राउ

४ भदौ २०८० काठमाडौं । भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहबाट भागेका ८४ कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार अन्यको खोजी भइरहेको छ ।

भागेका कैदीबन्दीमध्ये ८४ जनालाई नयाँ बानेश्वर लगायतका स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान सुधार गृहको पछाडिको ढोका फोडेर सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आक्रमण गर्दै २ सयभन्दा बढी भागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

हिजो सुधार गृहमा एक जनाको मृत्यु भएपछि उनका आफन्तले प्रदर्शन गरेका थिए । हिजै छानबिन गर्ने सहमति जुटेपनि आज बिहानबाट उनीहरु सुधार गृह अगाडी आएर प्रदर्शनमा उत्रिएका थिए । त्यही मौका छोपेर विभिन्न कसुरमा सुधार गृहमा सजाय भुक्तान गरिरहेका २ सय ९९ जना कैदीबन्दी थिए ।

उनीहरुमध्ये २ सयन्दा बढी पुरुष भागेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । उहाँले महिलाहरु त्यही रहेको र केही फर्किएपनि धेरै फरार रहेको बताउनुभयो । त्यसमध्ये केहीलाई नियन्त्रणमा लिइसकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *