कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पक्षको महाधिवेशन खुलामञ्चमा हुने

हिमालय टिभी
२०८३ कार्तिक १४ गते १७:३७
कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पक्षको महाधिवेशन खुलामञ्चमा हुने

काठमाडौं :  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औं महाधिवेशनको उद्घाटन खुलामञ्चमा गर्ने भएको छ ।

पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको महाधिवेशन तयारी समितिले बनाएको केन्द्रीय निर्वाचन समितिका अनुसार काठमाडौंको खुलामञ्चमा महाधिवेशन हुने छ । उद्घाटन खुलामञ्चमा गर्ने, प्रतिनिधिहरूलाई खानाको व्यवस्था भृकुटीमण्डप र निर्वाचनलगायत कार्यक्रम राष्ट्रिय सभा गृहमा गर्ने गरी देउवा समूहले तयारी गरेको हो ।

मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन हुने कार्यतालिका छ। त्यसअघि मंसिर ४ मा प्रदेश अधिवेशन र कात्तिक १५ मा जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ । यद्यपि ११ जिल्ला अधिवेशन भने सकिएको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमै १५ औं महाधिवेशन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्