विदेश

हमाससँग बन्धक रिहाइसम्बन्धी सम्झौता चाँडै हुने राष्ट्रपति बाइडेनको संकेत

हिमालय टिभी
२०८० मंसिर ५ गते ७:४१
हमाससँग बन्धक रिहाइसम्बन्धी सम्झौता चाँडै हुने राष्ट्रपति बाइडेनको संकेत

५ मंसिर २०८० न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा हमास लडाकुसँग बन्धक रिहाइको सम्झौता चाँडै हुने संकेत गरेका छन् ।

बासिंटनमा पत्रकारहरुसंग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले जारी युद्ध रोक्ने र बदलामा बन्धक रिहा गर्ने सम्झौताको निकै नजिक पुगेको संकेत गरेका हुन् । अमेरिकी सञ्चारमाध्यमहरुले पनि युद्ध रोकेर बन्धक रिहा गर्ने विषयमा त्रिपक्षिय सम्झौता हुन लागेको जनाएका थिए ।

यता रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीले आफ्नो प्रमुखले हमास र कतारका अधिकारीहरुसंग भेट्न लागेको भन्दै सम्झौता सहजीकरण भूमिका खेल्ने जनाएको छ । अक्टोबर ७ मा इजरायलमा अप्रत्यासित आक्रमण गरेर हमासले २ सय भन्दा बढीलाई बन्धक बनाएको छ । केहीको मृत्यु भएको छ भने चार जना रिहा भएका छन् ।

यता इजरायली सेनाको घेराबन्दीमा रहेको गाजाको अल शिफा अस्पतालबाट निकालिएपछि २८ जना नवजात शिशुलाई इजिप्ट र १२ जना विरामीलाई थप उपचारका लागि कायरो लगिएको छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इण्डोनेसियाली अस्पतालमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको जनाएको छ। इजरायली सेनाले भने अस्पताल भित्रबाट आक्रमण भएपछि कारवाही गरेको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *