विदेश

गाजाको सबैभन्दा ठुलो अस्पताल चिहानमा परिणतः डब्लुएचओ

हिमालय टिभी
२०८० कार्तिक २८ गते ७:५९
गाजाको सबैभन्दा ठुलो अस्पताल चिहानमा परिणतः डब्लुएचओ

२८ कात्तिक २०८० न्युयोर्क । विश्व स्वास्थ्य संगठन डब्लुएचओले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा लगभग चिहानमा परिणत भएको जनाएको छ ।

डब्लुएचओले इजरायली आक्रमणबाट अस्पताल भित्र र बाहिर ठूलो संख्यामा शवहरू थुप्रिएको र कुहिएको भन्दै अस्पताल चिहानमा परिणत भएको जनाएको हो । अस्पतालले शव व्यवस्थापन गर्न नसक्ने समेत डब्लुएचओको चेतावनी छ ।

पछिल्लो पटक अक्सिजनको अभावमा सात जना शिशुको ज्यान गएको अस्पतालले जनाएको छ । दर्जनौं शिशु र डायलासिस गर्नु पर्ने ४५ भन्दा बढी विरामी मृत्युसंग संघर्ष गरिरहेको बताइएको छ । डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले अस्पतालमा करिब ६ सय व्यक्ति बाँकी रहेको जनाएका छन् ।

अस्पतालमा खाद्यान्न, पानी र इन्धनको अभाव छ । इजरायली सेनाले गाजाको उत्तरमा अवस्थित अल शिफा अस्पताल मुनिको सुरुङमा हमासले कमाण्ड एन्ड कन्ट्रोल सेन्टर सञ्चालन गरिरहेको दाबी गर्दै आक्रमण तीब्र पारेको छ ।

हमास र अस्पताल प्रशासनले भने आरोप अस्वीकार गर्दै आएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजामा गरेको आक्रमणमा ४५ सय बालबालिका सहित ११ हजार भन्दा बढी मानिस मारिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *