विदेश
भारतमा दुई यात्रुवाहक रेल ठोक्किँदा १३ जनाको मृत्यु
२०८० कार्तिक १३ गते १०:३४

१३ कात्तिक २०८० नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशमा दुईवटा यात्रुवाहक रेल ठोक्किँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ।
५० जनाभन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विशाखापट्टनम–पलासा यात्रुवाहक रेल र विशाखापट्टनम रायगडा यात्रुवाहक रेलको पछाडि भाग ठोक्किएको थियो ।
दुर्घटनामा रेलका तीनवटा डब्बामा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । उद्धार जारी छ ।
प्रतिक्रिया