विदेश

गाजा क्षेत्रका अस्पतालमा कुनै पनि बेला इन्धन सकिने राष्ट्रसंघको चेतावनी

हिमालय टिभी
२०८० असोज २९ गते ८:२६
गाजा क्षेत्रका अस्पतालमा कुनै पनि बेला इन्धन सकिने राष्ट्रसंघको चेतावनी

२९ असोज २०८० न्युयोर्क । संयुक्त राष्ट्रसंघले गाजाका अस्पतालहरुमा कुनै पनि बेला इन्धन सकिने चेतावनी दिएको छ ।

राष्ट्रसंघको मानवीय कार्यालय ओसीएचएले गाजाका अस्पतालहरूमा इन्धन भण्डार सम्भवतः आगामी २४ घण्टा भित्र सकिने चेतावनी दिएको हो । यसबाट हजारौं विरामीको जीवन जोखिममा पर्ने जनाइएको छ ।

लगातारको बमबारीका कारण मृत्यु हुने र घाईते हुनेको संख्या बढिरहेको छ । गाजावासीहरु पानी, खाना, बिजुली र औषधिको अभावमा छन् ।

प्यालेस्टाइनीहरूले दक्षिणी गाजाको पानी आपूर्ति पुनर्स्थापना गर्ने इजरायलको घोषणालाई स्टन्ट भनेको छ । बमबारीले पानीको पाइप लाइनमा ठूलो क्षति पुर्याएको छ। प्यालेस्टिनी शरणार्थीहरूको लागि राष्ट्रसंघ राहत कार्य एजेन्सीले इजरायली आक्रमणले अभूतपूर्व मानवीय संकट सिर्जना गरेको जनाएको छ ।

इजरायलले गाजामा स्थल, जल, हवाई आक्रमणको तयारी गरिरहेका बेला उत्तरी गाजाबाट हजारौं मानिस घरबार छोडेर सुरक्षित स्थानको खोजीमा निस्एिका छन् । गत साता इजरायलमा हमासका लडाकुहरूले आक्रमण गर्दा १४ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

इजरायलले गाजामा गरेको बमबारीबाट २४ सय ५० भन्दा बढी मानिसको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले जनाएका छन् । १ हजार भन्दा बढी भग्नावशेषमुनि बेपत्ता भएको अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *