विदेश

कोरोना खोपको अनुसन्धान गर्ने दुई चिकित्सकलाई नोबल पुरस्कार

हिमालय टिभी
२०८० असोज १५ गते १७:४०
कोरोना खोपको अनुसन्धान गर्ने दुई चिकित्सकलाई नोबल पुरस्कार

१५ असोज २०८० नर्वे । कोभिड–१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले यो वर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन्।

नोबल पुरस्कार समितिले क्याटलिन कारीको र ड्रयु वेसम्यानलाई मेसेन्जर आरएनए भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

सन् १९५५ मा हंगेरीको स्जोल्नोकमा जन्मिएकी कारीको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध छिन्। यस्तै १९५९ मा अमेरिकाको लेक्जिङटनमा जन्मिएका वेसम्यान पनि युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध छन् ।

सन् २०१९ को अन्त्यबाट कोभिड महामारी सुरू भएको थियो। कुनै खोप र उपचार नभएको कोभिड(१९ ले संसारका झन्डै ७० लाख मानिसको मृत्यु भएको छ।

केही समयपछि वैज्ञानिकले कोभिडविरूद्ध विभिन्न किसिमका खोप बनाएका थिए। त्यसमध्ये फाइजर, मोडेर्नाजस्ता खोपमा मेसेन्जर आरएनए प्रविधि प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *