खेलकूद

एसियाडमा नेपालले कबड्डीमा पदक जित्ने सम्भावना बलियो

हिमालय टिभी
२०८० असोज १५ गते १३:३३
एसियाडमा नेपालले कबड्डीमा पदक जित्ने सम्भावना बलियो

१५ असोज २०८० काठमाडौं । १९औं एसियाली खेलकूदमा नेपालले कबड्डीमा पदक जित्ने सम्भावना बलियो भएको छ ।

पहिलो पटक एसियाडमा सहभागि नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ ले हराएपछि पदकको सम्भावना बलियो भएको हो । जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट(२ मा भएको खेलमा नेपालले बंगलादेशविरुद्ध पहिलो हाफमा २१–१६ को अग्रता लिएको थियो ।

दोस्रो हाफमा पनि लय कायम राख्दै नेपालले १६–८ को अग्रता लिएर खेल जितेको हो । महिला कबड्डीमा कुल ७ टोली सहभागी भएकोमा नेपाल रहेको समूहमा इरानसहित तीन टिम मात्र छ । पहिलो खेलमा नेपालले जित हात पारेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको हो ।

अब अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल यस समूहबाट सेमिफाइनल पुग्नेछ र सेमिफाइनल पुग्ने टिमले कम्तीमा कांस्य पदक जित्नेछ । नेपालले समूह ए को दोस्रो तथा अन्तिम खेल मंगलबार इरानसँग खेल्नेछ ।

इरान र बंगलादेशबीचको खेल भने बुधबार हुनेछ । समूह बी मा भारत, थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपालले एसियाडको दशौं दिन जारी रहँदा अहिलेसम्म कुनै पदक जित्न सकेको छैन ।

यसैबीच आज बिहान भएको महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग पराजित भएको छ। नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो। पहिलो खेलमा भियतनामसँग पराजित भएको नेपाल दक्षिण कोरियासँग पराजित भएसँगै प्रारम्भिक चरणबाटै बाहिरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्