विदेश

नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

हिमालय टिभी
२०८० असोज १५ गते ७:५६
नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

१५ असोज २०८० स्पेन । स्पेनको दक्षिणपूर्वी शहर मर्सियामा रहेको तीनवटा नाइटक्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् ।

धुवाँमा निसास्सिएर विरामी भएका केहीको उपचार भैरहेको छ । स्थानीय सञ्चारमाध्यमले मृतकमध्ये जन्मदिन मनाउन पुगेका परिवारका सदस्यसमेत रहेको जनाएका छन् ।

ला फोंडा भनेर चिनिने फोंडा मिलाग्रोस नाइटक्लबमा लागेको आगो वरपरका क्लबहरूमा फैलिएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । स्पेनमा ३० वर्ष यता नाइटक्लबमा भएको यो सबैभन्दा ठूलो आगलागी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *