विदेश

ब्राजिलमा भएको विमान दुर्घटनामा १४ जनाको मृत्यु

हिमालय टिभी
२०८० भदौ ३१ गते १३:१६
ब्राजिलमा भएको विमान दुर्घटनामा १४ जनाको मृत्यु

३१ भदौ २०८० ब्राजिल । ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

अमेजोनास राज्यमा खराब मौसमका कारण भएको विमान दुर्घटनामा त्यसमा सवार सबै १४ जनाको मृत्यु भएको हो । विमानमा १२ पर्यटक, एक पाइलट र को(पाइलट सवार रहेको अधिकारीहरुले जनाएका छन् ।

सानो प्रोपेलर विमान अमेजोनासको राजधानी मानौस र बार्सिलोस शहरको बीच दुर्गम जंगल क्षेत्रमा दुर्घटनामा परेको हो । ४०० किलोमिटरको यात्रा पश्चात अवतरणका क्रममा विमान सोझै तल खसेको जनाइएको छ ।

घटनाबारे अनुसन्धान शुरु भएको छ । धेरै राष्ट्रिय निकुञ्जहरू नजिक रहेको बार्सिलोस एक लोकप्रिय पर्यटकस्थल हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *