विदेश

लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

हिमालय टिभी
२०८० भदौ ३० गते ७:३८
लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

३० भदौ २०८० लिबिया । लिबियाको तटीय सहर डेर्नामा बाढीका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ ।

१० हजार भन्दा बढी मानिस हराइरहेका छन् । डेर्नामा भारी वर्षाका कारण दुईवटा बाँध भत्किएर आएको ठूलो बाढीपछि खोजी कार्य जारी छ । बाढीले आइतवार राति डेर्ना शहरका सबै नागरिकलाई बगाएको थियो ।

पूर्वी लिबियाका बैदा, सुसा, उम रजाज र मार्जलगायतका शहरमा जनधनको क्षति भएको स्वास्थ्यमन्त्री ओथमान अब्दुलजलिलले बताएका छन्।

उद्धार टोलीहरू अझै पनि सहरको केन्द्रमा भत्किएका भवनमा खोजी गरिरहेका छन् र गोताखोरहरूले डेर्नाको समुन्द्रमा शवहरु निकालिरहेका छन् ।

डेर्नामा सहायता एजेन्सीहरू पुगेका छन्। तर सडकहरु बगाएकाले उद्धारकर्ताहरूले ठूला उपकरण ल्याउन संघर्ष गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *