विदेश

रुसले उत्तर कोरियाबाट हतियार किन्ने

हिमालय टिभी
२०८० भदौ १९ गते ८:४९
रुसले उत्तर कोरियाबाट हतियार किन्ने

१९ भदौ २०८० मस्को । रुस र उत्तर कोरियाबीच हतियार वार्ता हुने भएको छ ।

उत्तर कोरियाली नेता किम जोङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हतियार वार्ता हुन लागेको हो । बीबीसीका अनुसार दुई नेताले युक्रेन युद्धलाई समर्थन गर्न मस्कोलाई हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल गर्नेछन् ।

यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले हतियार वार्ता बन्द गर्न र रुसलाई हतियार उपलब्ध गराउने वा बेच्न नदिने सार्वजनिक प्रतिबद्धता पालना गर्न उत्तर कोरियालाई आग्रह गरेका छन् ।

उनले उत्तरले रुसलाई हतियार दिए अमेरिकाले थप प्रतिबन्ध लगाउने चेतावनी समेत दिए । किर्बीले रुसका रक्षामन्त्री सर्गेई शोइगुको हालैको उत्तर कोरियाको भ्रमणका क्रममा हतियार बेच्न प्योङयाङलाई मनाउन खोजेको बताए ।

उक्त भेटमा पुटिन र किमको द्विपक्षीय सहयोग बढाउने प्रतिबद्धता पत्र आदानप्रदान भएको थियो । यसअघि पुटिन र किमबीच २०१९ मा रुसी बन्दरगाह शहर भ्लादिभोस्तोकमा भेट भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *