विदेश

चीनमा अनुशासन उल्लंघन गरेको अभियोगमा हजारौंलाई सजाय

हिमालय टिभी
२०८० भदौ १२ गते ८:४९
चीनमा अनुशासन उल्लंघन गरेको अभियोगमा हजारौंलाई सजाय

१२ भदौ २०८० बेइजिङ । चीनमा अनुशासन उल्लंघन गरेको अभियोगमा हजारौंलाई सजाय दिइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले निर्धारण गरेका आचरण सुधार नियम उल्लङ्घन गरेको आरोपमा हजारौँलाई दण्ड दिइएको हो ।

अनुशासन कायम नगरेको अभियोगमा गत महिना ११ हजार ६७४ जनालाई सजाय गरिएको भ्रष्टाचार विरोधी निकायले जनाएको छ । सरकारी सेवाका आठ हजार १५७,अनियमितताका मामिलामा संलग्न आठ हजार ५३ जनालाई अनुशासनको कारबाहीमा परेका छन् ।

कर्मचारीतन्त्रलाई कर्मचारीको हितका निम्ति मात्र अधिक उपयोग गरेका पाँच हजार ४५७ जना र सुखसुविधामा आफूलाई केन्द्रित गरेका ६ हजार २०० जनालाई सजाय दिइएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *