खेलकूद
प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित
२०८० भदौ ११ गते ८:३१
११ भदौ २०८० काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साबिक विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित दर्ता गरेको छ ।
गएराति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–१ ले पराजित गरेको हो । सेफिल्डको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा रोड्री र हालान्डले समान १र१ गोल गरे ।
सिटी ३ खेलमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा उक्लिएको छ । गएरातिकै अर्को खेलमा एस्टोन भिल्लाले बर्नलेलाई ३–१ ले पराजित गरेको छ । बर्नलेको मैदानमा पाहुनाटोली एस्टोनले तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको हो ।
एस्टोनलाई जिताउन म्याटी क्यासले २ तथा मोउसा डयाबेले एक गोल गरे । बर्नलेका लागि लेइल फोस्टरेले सान्त्वना गोल फर्काए । जितसंगै ३ खेलमा ६ अंकसहित एस्टोन तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया