खेलकूद

स्वीडेन र स्पेन महिला विश्वकप फुटबलको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०८० साउन २६ गते १७:४२
स्वीडेन र स्पेन महिला विश्वकप फुटबलको सेमिफाइनल प्रवेश

२६ साउन २०८० काठमाडौं । गत संस्करण तेस्रो भएको स्वीडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

न्युजिल्याण्डको अकल्याण्डमा आज सम्पन्न दोस्रो क्वाटरफाइनलमा पूर्व विजेता जापानलाई २–१ गोलले हराउँदै स्वीडेन अन्तिम ४ मा पुगेको हो । स्वीडेनको जितमा अमान्डा इलेस्टेड र फिलिपा एन्जेलडलले गोल गरे ।

३२ औं मिनेटमा अमान्डाले स्विडेनलाई अग्रता दिलाउँदा ५१ औं मिनेटमा फिलिपाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारिन् । ८७ औं मिनेटमा जापानका लागि हनोका हयाशीले शान्त्वना गोल फर्काइन्। जितसँगै स्वीडेन पाँचौं पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

एसियाली पावर हाउस जापान भने क्वाटरफाइनलमै रोकिएको यो दोस्रो पटक हो । अब स्विडेनले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ ।

आजै भएको पहिलो खेलमा साविक उपविजेता नेदरल्याण्ड्सलाई २–१ ले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो । न्यूजिल्याण्डको विलिङटन क्षेत्रीय रंगशालामा ८१औं मिनेटमा मारिओना काल्डेन्टेले पेनाल्टी मार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । तर इञ्जुरी समयमा नेदरल्याण्ड्सकी स्टेफानी भान डेर ग्राटले गोल गर्दै खेल बराबरी गरिन् ।

निर्धारित ९० र इञ्जुरी समयमा पनि ११ को बराबरीपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा साल्मा सेलेस्टे पारेलुले गोल गर्दै स्पेनको जित सुनिश्चित पारिन् । उनी ७१औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्