खेलकूद

महिला विश्वकप फुटबलमा नेदरल्याण्ड्स र दक्षिण अफ्रिका भिड्दै

हिमालय टिभी
२०८० साउन २१ गते ८:१८
महिला विश्वकप फुटबलमा नेदरल्याण्ड्स र दक्षिण अफ्रिका भिड्दै

२१ साउन २०८० काठमाडौं । फिफा महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबीच खेल भइरहेको छ ।

राउण्ड अफ सिक्सटिन अन्तर्गत आजको पहिलो खेलमा नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गरिरहेका हुन् । नेदरल्याण्ड्स समूह ई को विजेता र दक्षिण अफ्रिका समूह जी को उपविजेता हुँदै अन्तिम सोह्रमा पुगेका हुन् । अष्ट्रेलियाको सिड्नी फुटबल रंगशालामा खेल जारी छ ।

अर्को खेल स्विडेन र अमेरिकाबीच हुनेछ । स्वीडेन समूह जी को विजेता टोली हो । अमेरिका भने समूह ई को उपविजेता टोली हो । अष्ट्रेलियाको मेलबर्नस्थित रेक्टेङ्गुलर रंगशालामा खेल दिउँसो पौने तीन एक बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्