आर्थिक

ऋण तिर्नैका लागि आइपीओ, लगानीकर्ता जोखिममा (भिडियो रिपोर्टसहित)

२०८० असार ७ गते ७:५५
ऋण तिर्नैका लागि आइपीओ, लगानीकर्ता जोखिममा (भिडियो रिपोर्टसहित)

७ असार २०८० काठमाडौं । पछिल्लो समय प्राथमिक शेयर आईपीओमा लगानीकर्ताको आकर्षण निकै बढेको छ । प्रायः कम्पनीहरुको आइपीओमा माग भन्दा धेरै गुणा बढी आवेदन पर्ने गरेको छ ।

यही आकर्षणको फाइदा उठाउँदै ऋणमा रहेका कम्पनीहरुले ऋण तिर्नैका लागि समेत आइपीओ जारी गर्न थालेपछि सर्वसाधारणको लगानी जोखिममा पर्ने हो की भन्ने आशंका उब्जिएको छ ।

–बीपीडब्लु लघुवित्तले जारी गरेको आईपीओमा माग गरेभन्दा २०७ दशमलव १० गुणा बढी आवेदन पर्‍यो
–सीवाई नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओमा ६९ दशमलव ५२ गुणा बढी आवेदन पर्‍यो
–भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओमा मागभन्दा ३ दशमलव ९७ गुणा बढी आवेदन पर्‍यो

यसबाट प्रष्ट हुन्छ, आइपीओमा सर्वसाधारणको कति आकर्षण छ भनेर । तर प्रिमियम मूल्यमा प्राथमिक शेयर ९आइपिओ० निष्कासन गरेको घोराही सिमेन्टको फर्जी आवेदनले भने आइपीओ भनेपछि आँखा चिम्लिएर आवेदन हाल्ने लगानीकर्तालाई झस्काई दिएको छ । सय अंकित मूल्यमा तीन सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय ३५ रुपैयाँका दरले आईपिओ खुला गरेको हो ।

फर्जी आवेदन परेकामध्ये १० लाख कित्ता दरका ९ जनाले आवेदन दिएको ९० लाख कित्ता छ । सिडिएस एन्ड किल्यरिङका अनुसार अहिलेसम्म सार्वजनिक निष्कासन गरेका कम्पनीमा यति ठूलो सेयर संख्यामा फर्जी आवेदन परेको थिएन । यसअघि नेपाल रिपब्लिक मिडियाको आईपीओमा करिब ६ लाख कित्ताका लागि फर्जी आवेदन परेको थियो । कम्पनीको शेयरमा उच्च आकर्षण देखाउन यस्तो फण्डा गरेको बुझिएको छ ।

घोराही सिमेन्टले आइपीओ जारी गर्नुको उद्धेश्य बैंकहरुसँग लिएको ऋण तिर्नु रहेको देखिन्छ । विवरणपत्र अनुसार २०७९ असार मसान्तसम्म कम्पनीले विभिन्न १४ वटा वाणिज्य बैंकहरुबाट विभिन्न शीर्षकमा कुल १२ अर्ब ३१ करोड १४ लाख ६४ हजार रुपैयाँ ऋण लिएको छ । यसरी ऋणमा डुबेका कुनै पनि कम्पनीलाइ आइपीओ जारी गर्ने अनुमति नदिन लगानीकर्ताहरुको माग छ।

दुई दर्जनबढी कम्पनी आइपीओ जारी गर्नका लागि धितोपत्र बोर्डको पाइपलाइनमा छन् । अनलाइनबाटै आवेदन दिन सकिने र १०० सय रुपैयाँ अंकित मूल्यमा शेयर किनेर राम्रै मुनाफा पाइने आशाले आइपीओमा लगानीकर्ताको आकर्षण छ । तर सांगठनिक रूपमा यस्तो प्रकृतिको घटनाले लगानीकर्तालाई सचेत हुनुपर्ने जनाउ भने दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *