कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचितहरूले सोही हैसियत पाउने
काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचितहरूले सोही हैसियत पाउने भएका छन् ।
आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णय गरेको हो । विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमितिबाहिर रहेका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले अहिले फेरि केन्द्रीय सदस्यको हैसियत पाउने प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
यस्तै कांग्रेसले १५औँ महाधिवेशनलाई ‘महाउत्सव’का रूपमा मनाउने निर्णय गरेको छ । असोज १६ देखि १९ असोजसम्म काठमाडौंमा हुने महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्न पार्टीले हदैसम्मको लचकता अपनाएको नेताहरूले बताएका छन् । असन्तुष्ट पक्षले पनि यसअघि देखि नै १४औँ महाधिवेशनबाट निर्वाचित सबै सदस्यलाई केन्द्रीय समितिमा समेट्नुपर्ने माग गर्दै आएको थियो ।
कांग्रेसले असोज १६ देखि १९ गतेसम्मका लागि १५ औं महाधिवेशनको मिति तोकेको छ। असोज ३ र ४ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ ।

प्रतिक्रिया