Main News

प्रधानमन्त्रीविरुद्ध नारा लगाउँदा पक्राउ परेका तीनै जना जेल चलान

हिमालय टिभी
२०७९ चैत १३ गते १७:०६
प्रधानमन्त्रीविरुद्ध नारा लगाउँदा पक्राउ परेका तीनै जना जेल चलान

१३ चैत २०७९ काठमाडौं । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् ।

सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई धरौटी नबुझाएपछि केन्द्रीय कारागार पठाइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आइतबार अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोक्नु भएको थियो । तर तोकिएको धरौटी नबुझाएको भन्दै तीनै जनालाई जेल चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले पुष्टि गर्नुभयो ।

चैत ७ गते काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका तीन जना पक्राउ परेका थिए ।

पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो । त्यसको सार्वजनिक रुपमा आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *