अन्तर्वार्ता
कसरी थामिन्छ पहिचान पक्षधरको आन्दोलन ?(भिडियो कुराकानी)
२०७९ चैत ८ गते २१:१३
८ चैत २०७९ काठमाडौं । कोशी प्रदेश नाम राखेको विरोधमा आन्दोलनमा रहेका पहिचानवादी संगठनले केही दिनयता राजनीतिक दलका नेतालाई आक्रमण गर्न थालेका छन् ।
गत आइतबार मुख्यमन्त्री हिक्मत कार्कीको सवारी तोडफोडको प्रयास गरेका आन्दोलनकारीले मंगलबार कोशी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोमाथि आक्रमणको प्रयास गरे । आक्रमणबाट आङ्बो सवार गाडीमा सामान्य क्षति पुगेको छ ।
आजको तीन मिनेटमा हामीले हत्या गर्नेसम्मको धम्कीसहितको आक्रोश कसरी थाम्नुहुन्छ रु भनेर कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाईँलाई सोधेका छौँ ।
प्रतिक्रिया