अन्तर्वार्ता

लेखा समितिका सभापतिलाई प्रश्न- तपाईं किन फरार ?

हिमालय टिभी
२०८१ पुष ५ गते १९:५४
लेखा समितिका सभापतिलाई प्रश्न- तपाईं किन फरार ?

काठमाडौं : पछिल्ला चार महिनादेखि संसदको सार्वजनिक लेखा समितिको बैठक बस्न सकेको छैन ।

सरकारका कामको परीक्षण गर्ने र आवश्यक निर्देशन दिने यो समितिको बैठक बस्न नसकेपछि समितिमा आएका कयौँ उजुरी अलपत्र छन् । सभापति ऋषिकेश पोखरेलले न कुनै बैठक बोलाउनुभएको छ, न त यसअघि समितिले गरेका निर्णय कार्यान्वयनबारे कुनै चासो दिनुभएको छ ।

श्रीमती अञ्जला कोइरालामाथि सहकारी ठगीको आरोप लागेसँगै पोखरेल सार्वजनिक मञ्चमा समेत नदेखिएको टिप्पणी भइरहेको छ । माओवादी कोशी प्रदेश संसदीय दलले पोखरेलको राजीनामा नै मागेको छ भने सार्वजनिक लेखा समितिका कतिपय सदस्यहरुले पोखरेलको नैतिक चरित्रमाथि प्रश्न उठाएका छन् ।

पोखरेल किन हराउनुभयो, समितिको बैठक किन बस्न सकिरहेको छैन ? यसको जिज्ञासा मेट्न हामीले पोखरेलसँगै कुराकानी गरेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्