हिमालय स्पोर्ट्सको स्वामित्वमा धरानको टिम, दयाहाङ र केन्द्र लिम्बु पनि साझेदार
काठमाडौं : नेपाल फुटवल लिग एनएफएल पहिलो संस्करण खेल्ने दश वटै टीमको टुंगो लागेको छ । नेपाल सुपर लिग खेल्ने सात टीम यसअघिनै तय भएको थियो । बोलपत्र मार्फत थप तीन टीम आएका हुन् । नयाँ आएका तीन टीम धरान, सुर्खेत र वीरगञ्जसहित अब दश टीमले दोहोरो राउण्ड रोबिनका आधारमा एनएफएल खेल्नेछन् ।
पछिल्लो पटक थप गरिएका टीम हुन, धरान, सुर्खेत र वीरगञ्ज। धरानको टीमको स्वामित्व हिमालय टेलिभिजन नेटवर्कसँग छ । यसमा नेपाली चलचित्रका स्टार दयाहाङ राइ र पुर्व फुटबल खेलाडी केन्द्र लिम्बु पनि को-अनरका रुपमा रहनेछन् । दयाहाङले आफ्नो फेसबुक पेजमा लेखेका छन – अबको यात्रा एनएफएल अनि धरान । बोलपत्र प्रकृयामा धरानले ३ करोड १ लाख रुप्रया प्रस्ताव पेश गरेको थियो । धरानले आफ्नो टीमको नाम धरान बुल्स एएफसी राखेको छ । हिमालय टेलिभिजन नेटवर्कले धरान बुल्सको स्वमित्व लिएसँगै एनएफएलको रौनक थपिएको छ ।
बीगरगंज अल स्टार स्पोर्टस म्यानेजमेन्टको स्वामित्वमा छ । जसको नेतृत्व उत्सव सिग्देलले गर्छन् । उनी नेपाल प्रिमियर लिग एनपिएल पहिलो संस्करणको विजेता जनकपुर बोल्टसका पूर्व अनर पनि हुन् । तेस्रो सिजनबाट उत्सब बोल्टसबाट अलग्गिएका थिए । अमेरिकामा बस्दै आएका उत्सबले फुटवलसँग जोडिन पाउदा उत्साहित रहेको प्रतिकृया दिए । आफुलाइ फुटबलको बारेमा त्यती ज्ञान नभएपनि नेपाली खेलकुद बारे जानकार रहेको उनको भनाइ छ । जनकपुरमा जन्मेर हुर्किएका उत्सबले मेधश प्रदेशमा फुटवलको क्रेजलाइ थप बलियो बनाउन बीरगंज अल स्टार्सलाइ राजेको बताएका छन् । यो टीम उत्सबको एकल लगानीमा रहनेछ । बीरगंजले २ करोड ५१ लालमा टीम प्राप्त गर्न सफल भएको हो ।
सुर्खेत भने एलाइड कन्टिनेन्टको स्वामित्वमा रहनेछ । यो टीममा चार जना साझेदार छन् । एलाइडका रचित कुमार अग्रवाल, नेपाल हिलटप इन्ड्रटिज प्रालि नेपाटपका निर्देशक दिगेन श्रेष्ठ, अस्ट्रेलियामा रहदै आएका सविन श्रेष्ठ र सुजित बस्नेतले सुर्खेतलाई संचालन गर्नेछन् । टीमका लागी २ करोड ५० लाख प्रस्ताव गरिएको थियो । यो टीमको नाम सुर्खेत कर्णाली प्रस्ताव गरिएको छ ।
एनएफलका अध्यक्ष कल्याण गुरुङले एनएफएल प्रति टीमहरुको आकर्षणले आफुहरुलाइ उत्साहित बनाएको प्रतिृकया दिए । तीन क्लबका लागि २० टीमको बोलपत्र पेश भएको थियो । दीर्घकालिन रुपमा लगानी गर्न सक्ने आर्थिक आधारहरुको अध्ययन गरेपछि तीन टीमले एनएफएलमा प्रवेश पाएका हुन् । अन्य सात टीम नेपाल सुपर लिगबाट आएका हुन् । ललितपुर सिटी एफसी, एएफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एएफसी सहित दश टीमले एनएफएलमा प्रतिस्पर्धा गर्नेछन् । दश वटै टीम आयोजक पनि हुन् । होम एन्ड अवे अवधारणामा तीन महिना सम्म लिग संचालन गरिने जनाइएको छ । धरान, भापा, बुटवल, धनगढी, सुर्खेत, काठमान्डौ र पोखरामा लिग गर्ने तयारी छ ।

प्रतिक्रिया