दिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकर भेटवार्ता
काठमाडौं : दुई दिने राजकीय भ्रमणका लागि आज भारत पुगेका प्रधानमन्त्री बालेन शाहले उच्चस्तरीय भेटवार्ता थाल्नुभएको छ ।
नयाँ दिल्लीस्थित होटल ताजमा बस्नुभएका प्रधानमन्त्री शाहले आइतबार विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ । सोमबार प्रधानमन्त्री शाहले समकक्षी नरेन्द्र मोदीसँग एक्ला एक्लै र संयुक्त भेटवार्ता गर्नु हुने छ भने नेपाल भारतबीच उच्चस्तरीय सहमति र समझदारी हुने छन् ।
त्यस्तै भारतीय राष्ट्रपतिसँग भेटवार्ता गरेर उहाँ स्वदेश फर्कने कार्यक्रम छ । आज दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभएको थियो । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीसहित ३५ सदस्य छन् । निजी क्षेत्रबाट ५२ सदस्यीय टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ । उहाँ सोमबार नै स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया