विशेषज्ञलाई प्रश्नः कसरी प्राप्त हुन्छ खुसी ? (भिडियो कुराकानी)

६ चैत २०७९ काठमाडौं । आज विश्व खुसी दिवस । विश्वले खुसी दिवस मनाइरहँदा नेपालमा भने राजनीतिक कता जान्छ, यसले मुलुकलाई समृद्धि दिन्छ दिँदैन भन्ने चिन्ताले गाँजिरहेको छ ।
यद्यपि वल्र्ड ह्यापिनेस रिपोर्टले भने नेपालीको समग्र खुसी केही हदसम्म बढ्दै गएको देखाएको छ । वल्र्ड ह्यापिनेस संस्थाले गरेको अनुसन्धानमा नेपाल गत वर्षभन्दा ६ स्थान सुधार गर्दै विश्वको ७८औँ खुसी देश बनेको छ ।
गत वर्ष नेपाल ८४औँ स्थानमा थियो । त्यसो त नेपाल दक्षिण एसियाका भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तानभन्दा खुसी छ भने चीन भन्दा केही पछाडि नै छ । विश्वकै सबैभन्दा खुसी फिनल्याण्ड तथा डेनमार्क लगायत युरोपेली मुलुकका नागरिक छन् ।
खुसी कसरी प्राप्त हुन्छ त ? खुसी प्राप्तिका लागि व्यक्तिले गर्नुपर्ने कुराहरु के हुन् ? यसै सन्दर्भमा हामीले आजको तीन मिनेटमा जीवन विज्ञानका प्रशिक्षक एलपी भानु शर्मासँग कुराकानी गरेका छौं ।
प्रतिक्रिया