Main News

उपराष्ट्रपतिको निर्वाचनको मतगणना जारी

२०७९ चैत ३ गते १६:१२
उपराष्ट्रपतिको निर्वाचनको मतगणना जारी

३ चैत २०७९ काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित हुनु भएको छ ।

आज भएको निर्वाचनमा जनता समाजवादी पार्टी जसपाका उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित हुनु भएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका यादवलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।
एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् । यस्तै जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिएका छन् ।

उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवलाई एक प्रदेशसभा सदस्यको मत खसेको छ ।

उपराष्ट्रपति निर्वाचनमा संघ र प्रदेशकासहित ८ सय ८१ मतदाता थिए । जसमध्ये प्रदेशसभाका ५ सय ५० र संघीय संसद्का ३ सय ३१ मतदाता छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *