Main News

प्रधानमन्त्री प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत सङबीच भेटवार्ता

हिमालय टिभी
२०७९ फागुन १० गते १३:२८
प्रधानमन्त्री प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत सङबीच भेटवार्ता

१० फागुन २०७९ काठमाडौं । राष्ट्रपति निर्वाचन नजिकिएसँगै नेपालका लागि चिनियाँ राजदूत छन् सङको राजनीतिक भेटवार्ता बाक्लिएको छ ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दिन दुई दिन बाँकी रहँदा राजदूत छन्‌ले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको हो । नेपाल आएपछि राजदूत छन्‌को प्रधानमन्त्री दाहालसँग यो दोस्रो भेटवार्ता हो ।

यसअघि माघ २ मा बालुवाटारमै पहिलो भेटवार्ता भएको थियो । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले राजदूत छन् बोआओ फोरमको निम्तो दिन बालुवाटार आएको जानकारी दिनुभयो । चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुँदै छ ।

निम्तोसँगै यो भेटलाई राजनीतिक भनिएको छ । यसअघि राजदूत छन्ले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो । भारतका विदेश सचिव विनयमोहन क्वात्राले फागुनको १ र २ मा भएको दुईदिने औपचारिक भ्रमणका दौरानमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालसहित एक दर्जनभन्दा बढी नेताहरुसँग भेटवार्ता गरेका थिए ।

क्वात्राले प्रधानमन्त्री दाहालँग फागुन १ गत राती करिब दुई घण्टा ‘वान टु वान’ गोप्य वार्ता गरेर फर्केका थिए । चिनियाँ राजदूत छन्‌ले प्रधानमन्त्री दाहालभन्दा अघि ओलीसँग भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *