Main News

लघुवित्तको अत्यासलाग्दो ज्यादती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ९ गते ७:५३
लघुवित्तको अत्यासलाग्दो ज्यादती (भिडियो रिपोर्टसहित)

९ फागुन २०७९ काठमाडौं । सकारात्मक उद्देश्य बोकेर लघुवित्त सेवा सुरु गरियो । तर, यही लघुवित्तका कारण नागरिक जीवन र मरणको दोसाँधमा छन् । लघुवित्त र मिटरव्याजीले दिएको हैरानीका कारण कतिपयले परिवारका सदस्य नै गुमाएका छन् । नागरिकको यो बढ्दो पीडा समाधान कसरी होला ?

उनी हुन्, रौतहटकी डिल्लीकुमारी कार्की । सामान्य पसल सञ्चालन गर्नका लागि उनले मिटर व्याजीसँग रकम लिइन । रकम थियो, १ लाख मात्र । यो रकम बढ्दै गयो । मिटर व्याजीले लगातार तनाव दिन थालेपछि उनी लघुवित्तको शरणमा पुगिन । डिल्लीकुमारीको यो पीडा सुनौं ।

त्यतिमात्र होइन, डिल्लीकुमारीले लघुवित्तसँग ऋण लिएपछि पनि सुख पाइनन । उल्टो मिटर व्याजी र लघुवित्तबाट घरमै आएर मानसिक तनाव दिनेक्रम सुरु भयो । एउटाको ऋण चुक्ता गर्न उनले १० वटासम्म लघुवित्तसँग ऋण लिइन ।

मिटर व्याजी र लघुवित्तका प्रतिनिधिको लगातार मानिसक तनावले आफ्नी ११ वर्षीया छोरीले आत्महत्या नै गर्न पुगेको उनको भनाइ छ ।

भएको घर–जग्गा नै गुमाएकी डिल्लीकुमारी गाउँ छोड्ने बाध्य बनिन। उनी अहिले काठमाडौंमा भाडामा बस्न बाध्य छिन । १ कठ्ठा जमिन पनि लिलामीमा छ । एक लाख रुपैयाँ ऋण लिएकी डिल्लीकुमारीको अहिले ४५ लाख रुपैयाँ जति पुगेको छ ।

उनको मात्र होइन, धेरै डिल्लीकुमारीहरु अहिले यही पीडाबाट गुज्रिनुपरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *