Main News

राष्ट्रपतिको निर्वाचनमा २०६८ को मतगणनाकै आधारमा मतभार निर्धारण गरिने

हिमालय टिभी
२०७९ फागुन ८ गते १७:१५
राष्ट्रपतिको निर्वाचनमा २०६८ को मतगणनाकै आधारमा मतभार निर्धारण गरिने

८ फागुन २०७९ काठमाडौं । निर्वाचन आयोगले २०६८ को जनगणनालाई नै आधार मानेर राष्ट्रपति निर्वाचनका लागि मतभार निर्धारण गर्ने भएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदाताको मतभार २०६८ कै जनगणनाका आधारमा तय गरिने जानकारी दिनुभयो । २०७८ को जनगणनाको अन्तिम परिणाम नआएकाले २०६८ लाई नै आधार मान्ने आयोगको तयारी छ ।

राष्ट्रपतिको निर्वाचनका लागि संघीय र प्रदेश सांसदको मतभार निकालिन्छ । संघ र प्रदेशका सांसदको अलगै मतभार तोकिएको हुन्छ । राष्ट्रिय जनगणनाको पछिल्लो परिणामलाई सांंसदको कुल संख्याले भाग गरेर आउने संख्यालाई १ हजारले पुनः भाग गरेपछि एक सांसद बराबरको मतभार कायम हुन्छ । कुल जनसंख्यालाई संघीय सांसदको कुल संख्याले भाग गर्दा आउने संख्यालाई पुनः १ हजारले भाग गरेपछि एक संघीय सांसद बराबरको मतभार हुन्छ ।

त्यस्तै, प्रदेश सांसदको मतभार पनि कुल जनसंख्यालाई प्रदेश सांसदको कुल संख्याले भाग गर्दा आउने संख्यालाई १ हजारले भाग गर्दा आउने संख्या नै प्रदेश सांसदको मतभार हुन्छ ।

अहिले २०७८ को जनगणनाको अन्तिम परिणाम नआएकाले २०६८ कै जनगणनालाई आधार मानेर निर्वाचन आयोगले मतभार तय गर्ने भएको छ । त्यसो हुँदा एक जना संघीय सांसद बराबर ७९ मतभार हुन आउँछ । त्यस्तै प्रदेश सांसदको मतभार ४८ हुन आउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *