अन्तर्वार्ता
मुख्यमन्त्रीलाई प्रश्न- सुदूरपश्चिममा मध्यावधि चुनाव होला ? (भिडियो कुराकानी)
२०७९ फागुन ३ गते २१:१९
३ फागुन २०७९ धनगढी । सुदूरपश्चिम प्रदेशको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्नुभयो ।
माघ २६ मा मुख्यमन्त्री नियुक्त हुनुभएका शाह अहिले नागरिक उनमुक्ति पार्टीलाई फकाएर विश्वासको मत आर्जन गर्न ब्यस्त हुनुहुन्छ । रेशम चौधरीको घर पुग्नेदेखि डिल्लीबजार कारागार पुगेर भेट गर्ने क्रम चलिरहेको छ । तर विश्वासको मत प्राप्त गर्न भने रावललाई झैँ शाहलाई पनि चुनौती छ ।
आजको तीन मिनेटमा हामीले मुख्यमन्त्री शाहलाई के तपाईले विश्वासको मत पाउनुहुन्छ ? यदि पाउनुभएन भने के मध्यावधि निर्वाचन हुन्छ भनेर प्रश्न गरेका छौँ ।
प्रतिक्रिया