अन्तर्वार्ता
कृष्णमोहन श्रेष्ठको शालिकमा प्रचण्डको सलामी अर्पण, कसरी बुझ्ने ? (भिडियो कुराकानी)
२०७९ माघ १० गते २१:१४

१० माघ २०७९ काठमाडौं । माओवादी सशस्त्र द्वन्द्वमा झण्डै १७ हजारले ज्यान गुमाए । द्वन्द्वमा परेर ज्यान गुमाउनेमा प्रहरी, माओवादी लडाकु र सर्वसाधारण पनि छन् ।
यही द्वन्द्वमा ज्यान गुमाउने उच्चपदस्त व्यक्ति हुन् सशस्त्र प्रहरी बलका पहिलो महानिरीक्षक कृष्णमोहन श्रेष्ठ । २०५९ साल माघ १२ गते ललितपुरको बागडोलमा मर्निङ वाकमा निस्किएका श्रेष्ठसहित उहाँकी श्रीमती र अंगरक्षको समेत हत्या भएको थियो ।
सोमबार तत्कालीन ‘जनयुद्ध;का कामण्डर पुष्पकमल दाहाल प्रचण्डले उहाँको सालिकमा सलामी अर्पण गर्नुभयो । यो दृष्यको अहिले चर्चा छ । यही विषयलाई केन्द्रित गरेर आजको तीन मिनेटमा हामीले कृष्णमोहनको सचिवालयमा बसेर काम गरेका सशस्त्र प्रहरी बलका पूर्व एआईजी ठाकुर मोहन श्रेष्ठसँग कुराकानी गरेका छौं ।
प्रतिक्रिया