Main News

सुर्खेतमा भएको गाडी दुर्घटनामा चार जनाको मृत्यु, एक गम्भीर घाइते

२०७९ माघ ८ गते ७:५२
सुर्खेतमा भएको गाडी दुर्घटनामा चार जनाको मृत्यु, एक गम्भीर घाइते

८ माघ २०७९ सुर्खेत । वीरेन्द्रनगर–११ झुप्राखोला नजिक रत्न राजमार्गमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा पनि चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी आज बिहान २ः३० बजे अनियन्त्रित भई सडकदेखि करिव ७० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र उपचारका क्रममा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ बस्ने बर्ष ३३ का दिपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ वस्ने वर्ष ३१ का बविन शाही, दैलेख गराँस गाउँपालिका–३ बस्ने वर्ष ३६ का राजेन्द्र विसीको उपचारका क्रममा निधन भएको प्रहरीको भनाइ छ ।

दुर्घटनमा दैलेख भैरवी गाउँपालिका– ५ बस्ने वर्ष २६ का वीरेन्द्र राज शाहीको छातीमा गम्भिर चोट लागेको हुँदा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *