Main News
प्रचण्डले भने– भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुन्छ (भिडियो रिपोर्टसहित)
२०७९ पुष ३० गते १८:३४

३० पुस २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफूलाई प्राप्त विश्वासको मत नेपाली राजनीतिको असाधारण परिघटना भएको बताउनु भएको छ ।
कम्युनिस्ट आन्दोलनका पूराना नेता, भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकर्पण गर्दै प्रचण्डले यस्तो बताउनुभयो ।
उहाँले सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आएको भन्दै यो अभूतपूर्व घटना भएको बताउनुभयो ।
उहाँले‘बुढीगण्डकी जलविद्युत आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।
प्रतिक्रिया