आर्थिक

तीन सयले घट्यो सुनको मूल्य

२०७९ पुष २७ गते १३:३०
तीन सयले घट्यो सुनको मूल्य

२७ पुस २०७९ काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख तीन हजार दुई सयमा आएको छ ।

यो सुन हिजो प्रतितोला रु एक लाख तीन हजार पाँच सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *