Main News

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

हिमालय टिभी
२०७९ पुष २६ गते १२:५५
प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

२६ पुस २०७९ काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कार्य सम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । कार्य सम्पादन समितिको बैठकको निर्णय केहीबेरमा बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्ने बताइएको छ ।

यसअघि आज बिहान विश्वासको मत दिने नदिने विषयमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले कुनै निर्णय गर्न सकेको थिएन ।

हिजो मात्र प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेर कांग्रेस सभापति देउवासँग विश्वासको मत माग्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्