आर्थिक

स्याङ्जामा सुन्तला उत्पादन बढ्यो तर सुध्रिएन किसानको अवस्था (भिडियो रिपोर्टसहित)

२०७९ पुष १९ गते १७:४०
स्याङ्जामा सुन्तला उत्पादन बढ्यो तर सुध्रिएन किसानको अवस्था (भिडियो रिपोर्टसहित)

१९ पुस २०७९ स्याङ्जा । यस वर्ष स्याङ्जामा सुन्तला उत्पादन बढेको छ । गत वर्ष ५७ करोड मुल्य बराबरको सुन्तला निर्यात भएको स्याङ्जामा यस वर्ष भने एक अर्ब रुपैयाँ बराबरको सुन्तला निर्यात भएको हो । तर किसानको अवस्था भने सुधारिएको छैन ।

स्याङ्जाको दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तला दश वर्ष यताकै धेरै उत्पादन भएको छ । यस वर्ष २२ हजार मेट्रिक टन उत्पादन हुँदा जिल्लामै खपत बाहेक एक अर्ब भन्दा बढीको सुन्तला निर्यात भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार सुन्तला सुपर जोन कार्यान्वयन भएपछि सुन्तला उत्पादनमा वृद्धि भएको छ ।

यसअघि सुन्तलाको विरुवा बाहिरी जिल्लाबाट आयात गर्नुपर्नेमा अहिले भने जिल्लामा नै बिरुवा पर्याप्त उत्पादन हुने गरेको छ । स्याङ्जामा प्रत्येक वर्ष एक सय हेक्टर भन्दा बढी क्षेत्रमा सुन्तला उत्पादन बढेको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ ।

सुन्तलाको उत्पादन दर बढे पनि कृषकले भने सुन्तलाको मुल्य कम पाएको गुनासो गरेका छन । सुन्तलाको बजारको मूल्य उच्च रहेपनि बगैचाबाट ५० रुपैयाँ प्रतिकिलो हाराहारीमा विक्री गर्ने गरेको कृषकको भनाइ छ । साथै सिंचाइ लगायतका सुविधा बढेमा अझै उत्पादन बढाउन सकिने कृषक बताउँछन् ।

जिल्लामा उत्पादित सुन्तला मध्ये किसानले १५ प्रतिशत आफैँ उपभोग गर्दा ८५ प्रतिशत सुन्तला बिक्री गर्ने गरेका छन् । स्याङ्जाका सुन्तला काठमाडौँ, बुटवल, नारायणघाट र पोखरा लगायतका बजारमा बिक्री भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *