Main News

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७९ पुष १९ गते ८:५१
एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज पनि बस्दै

१९ पुस २०७९ काठमाडौं । वर्तमान राजनीतिक अवस्थाका बारेमा धारणा बनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज सकिने भएको छ ।

बैठक पार्टी कार्यालय तीनकुने काठमाडौँमा बिहान ११ बजे आज पनि बस्दैछ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार हिजोको बैठकमा ३१ जना नेताले धारणा राखेका छन् भने आज १५ देखि २० जनाले धारणा राख्ने स्थिति रहेको छ ।

पोलिटब्यूरो सदस्यले राखेका विचार, जिज्ञासाको बारेमा अध्यक्ष माधवकुमार नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाललगायतले जवाफ दिएपछि बैठक सक्ने तयारी भएको खतिवडाले जानकारी दिनुभयो ।

सरकारमा जाने वा नजाने भन्ने बारेमा निर्णय नभए पनि सरकारमा रहेका दलहरूले संवाद सुरु गरेमा आवश्यक निर्णय गर्ने गरी बैठक सक्ने तयारी भइरहेको एक नेताले बताए । नेकपा एसलाई सरकारमा सामेल गराउनुपर्छ भन्ने बारेमा कुनै निर्णय नभएका कारण निर्णय गर्नु राम्रो नहुने ती नेताको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *