द भ्वाइस अफ नेपालको चौंथो सिजनको ग्राण्ड फिनाले आज

८ पुस २०७९ काठमाडौं । भ्वाइस अफ नेपालको चौंथो सिजनले आज विजेता प्राप्त गर्दैछ ।
ग्राण्ड फिनालेमा चार जना कोचका चार ट्यालेन्टले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टीम राजेशपायल राईबाट सविना योङहाङ, टीम राजु लामाबाट करण राई र टीम प्रविसा अधिकारीबाट शाहिल लिम्बु हुनुहुन्छ ।
दर्शकको भोटको आधारमा विजेता घोषणा हुनेछ । द भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज बेलुका साढे ७ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।
डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनोटपछि १२० जनाले ब्लाइन्ड अडिसनमा प्रस्तुती दिएका थिए । ब्लाइन्ड अडिसनमा छानिएका ६४ जना प्रतिभा ब्याटल, लाइभ हुँदै फाइनलमा पुगेका हुन ।
भ्वाइस अफ नेपालको चौंथो सिजनको टाइटल स्पोन्सरमा अग्रणी दुई पाङ्ग्रे सवारी ब्राण्ड बजाज पल्सर रहेको छ ।
प्रतिक्रिया