आर्थिक

धनकुटामा बिस्कुट : मागअनुसार उत्पादन र आपूर्ति गर्न समस्या (भिडियो रिपोर्टसहित)

२०७९ पुष ५ गते १८:०२
धनकुटामा बिस्कुट : मागअनुसार उत्पादन र आपूर्ति गर्न समस्या (भिडियो रिपोर्टसहित)

५ पुस २०७९ धनकुटा । धनकुटामा बन्ने नरिबल बिस्कुट पछिल्लो समय झन् लोकप्रिय बन्दै गएको छ ।

स्थानीय सामग्रीको प्रयोगबाट उत्पादित बिस्कुटको लोकप्रियताले धनकुटामा धेरै बिस्कुट उद्योग थपिएका छन् । तर पनि माग अनुसार बिस्कुट उत्पादन र आपूर्ति गर्न समस्या छ।

२००८ सालमा देब्रेबासमा चिया पसल गर्ने विश्वेश्वरमानले ग्राहकको मागका आधारमा माथिल्लो कोप्चेबाट भारतीय बिस्कुट ल्याएर बेच्ने गर्थे । तर, चिया पिउन आउने केही नियमित ग्राहकको सल्लाहमा उनले आफै विस्कुट बनाउने अभ्यास सुरु गरे ।

२०११ सालमा बिस्कुट बनाउन थालेपनि २०३० सालदेखि तत्कालीन जिल्ला पञ्चायत कार्यालयमा उद्योग दर्ता गरेर उत्पादन सुरु गरियो । आज त्यही बिस्कुट धनकुटाको पहिचान बनेको छ । धनकुटा पुग्ने जो कोही पनि खाजामा होस् वा कोसेली लान किन नहोस् धनकुटे बिस्कुट किन्ने गरेका छन् । जिल्ला बाहिर पनि बिस्कुट लोकप्रिय छ ।

भट्टीमा पालेर स्थानीयस्तरमै उत्पादित दूध, घिउ र मैदाको प्रयोग गरेर बिस्कुट बनाउने गरिन्छ । बिस्कुटको लोकप्रियता बढे संगै धनकुटामा अन्य उद्योग पनि थपिएका छन् । हाल धनकुटा नगरक्षेत्रमा मात्र १५ उद्योग दर्ता भएर सञ्चालनमा छन् । बिस्कुट प्राय कोसेलीकै रुपमा विक्री हुने गरेको छ ।

धनकुटामा वार्षिक एक करोड बढीको बिस्कुट उत्पादन हुँदा एक सय जनाले रोजगारी पाएका छन् । अझै पनि उद्योगमा जनशक्तिको अभाव छ । माग अनुसार उत्पादन र आपूर्ति गर्न समस्या छ । बजारमा माग बढेकै कारण धनकुटाको सिको गर्दै पूर्वका अन्य स्थानमा पनि बिस्कुट उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *