आर्थिक

के मेला महोत्सवले अर्थतन्त्र सुधार गर्न सहयोग गर्ला ? (भिडियो रिपोर्टसहित)

२०७९ पुष ५ गते १६:४९
के मेला महोत्सवले अर्थतन्त्र सुधार गर्न सहयोग गर्ला ? (भिडियो रिपोर्टसहित)

५ पुस २०७९ बुटवल । कोरोना मत्थर भएसँगै रुपन्देहीमा मेला, महोत्सव तथा प्रर्दशनी गर्ने क्रम बढेको छ ।

स्वदेशी उत्पादनलाई प्रवद्धन गर्दै अर्थतन्त्र चलायमान गर्नको लागि भन्दै उद्योगी व्यवसायीका संघसंस्थाले महोत्सव तथा प्रर्दशनी सञ्चालन गर्न थालेका छन् । देशको आर्थिक अवस्था जर्जर रुपमा गुर्जिरहँदा मेला महोत्सवले अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सालको पातबाट दुनाटपरी खुट्न महिलाहरु ब्यस्त छन् । कुनै पूजापाठको लागि दुनाटपरी खुटेको अनुमान गर्न सकिन्छ । तर यो त रुपन्देहीको भैरहवामा आयोजना गरिएको ८ औं लुम्बिनी महोत्सवमा राखिएको दुनाटपरी खुट्ने प्रतियोगिता हो ।

सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा दुनाटपरी खुट्ने प्रतिस्पर्धा देखि स्वदेशी उद्योगमा उत्पादन भएका वस्तुको प्रर्दशनी गरिएको हो ।

भैरहवामा मात्र होइन तिलोत्तमामा पनि १५ करोडको कारोबार गर्दै दोश्रो तिलोत्तमा महोत्सव समापन भएको छ । बुटवलमा दोस्रो १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयार गरिएको छ ।

पुस ७ देखि १९ गतेसम्म सञ्चालन हुने महोत्सव निर्माणाधीन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देही उद्योग संघले आयोजना गर्दैछ । महोत्सवमा ४ सय ५० स्टल रहने र स्वदेशी उद्योगबाट उत्पादित सामान मात्र प्रर्दशनीमा राखिने आयोजकले जनाएको छ । देशको आर्थिक अवस्था कमजोर रहेको बेला मेला महोत्सवले अर्थतन्त्र चलायमानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उद्योगी व्यवसायीलाई आफुले उत्पादन गर्ने वस्तु तथा सेवाको प्रवद्धन गर्न थलो मेला महोत्सव पनि हो । जहाँ उपभोक्ताले एकै ठाउँबाट बजारमा आएका नयाँ वस्तु तथा सेवाको जानकारी लिन र खरिद गर्न पाउँछन् ।

कोरोनापछि देशको अर्थतन्त्रमा ठूलो असर पुगेको छ । राज्यले नीति बनाएर मात्रै पनि अर्थतन्त्र सबल नबन्ने हुँदा व्यवसायी र उद्योगीले मेला महोत्सवको आयोजना गर्दा अर्थतन्त्रमा सहयोग पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *