आर्थिक

चिलिमकोट र सोक्तिम बगानमा चिया टिपाइको चटारो (भिडियो रिपोर्टसहित)

२०७९ पुष २ गते १६:०७
चिलिमकोट र सोक्तिम बगानमा चिया टिपाइको चटारो (भिडियो रिपोर्टसहित)

२ पुस २०७९ इलाम । चियाको हरियो पत्ति टिप्ने काम यति वेला खासै हुँदैन । चैत्र वैशाखमा फस्ट फल्सबाट चिया टिपाई सुरु गरेर कात्तिकमा अन्तिम टिप्ने गरिन्छ ।

यस बेला धेरै जसो ठाउँमा चियाको कटिङ हुने गरेता पनि इलामको चिलिमकोट र सोक्तिम चिया बगानमा भने चिया टिपाई भइरहेको छ ।

हिउँदको समय सुख्खा लाग्ने हुँदा चिया उत्पादन हुँदैन । त्यसैले यो समयलाई चियाको अफ सिजन भनिन्छ । तर, शोक्तिम र चिलिमकोट चिया बगानमा अफ सिजन छैन । मजदुरलाई यतिखेर हरियो पत्ती टिप्न भ्याइ न भ्याइ छ ।

भारतीय व्यापारी सुवास संघाईले ५० वर्षका लागि लिजमा लिएका इलामका चार वटा चिया बगानमध्ये दुई वटा चिया बगानमा यतिबेला पनि हरियो पत्ती उत्पादन भइरहेको हो । इलाम र कन्याम चिया बगानमा भने हरियो पत्ति उत्पादन भएको छैन ।

यो क्रम अझै १५ दिनसम्म चल्नेछ । सिंचाइको सुविधा, जैविक विषादी प्रयोग गरेपछि अफ सिजनमा पनि हरियो पत्ती आएकाले मजदुर टिपाइमा ब्यस्त छन् ।

दुवै बगानमा दैनिक ७३ जना मजदुरले चिया टिप्दै आएका छन् । बगानबाट दैनिक १५ सयदेखि दुई हजार केजीसम्म चिया टिपाई भइरहेको छ । चियाको बुस्ट र ट्रिटमेन्टका आधारमा चिया उत्पादन हुने भएकाले चियाको उत्पादन र मात्रमा भने ह्रास आउने गर्दछ । तर, गुणस्तरमा भने कुनै कमी नहुने चिया कमानका व्यवस्थापनको दावी छ ।

इलामका इलाम, कन्याम, सोत्तिम र चिलिमकोट चार वटा चिया बगान ५० वर्षका लागि लिजमा लिएर सुवास संघाईले सञ्चालन गरिरहेको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षण अनुसार देशभर कुल ११ हजार ४१ वटा चिया बगान मध्ये इलाममा मात्रै ६ हजार ९ सय ९५ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *