आर्थिक

पेट्रोलियम पदार्थको मूल्य घटाउने आयल निगमको तयारी

हिमालय टिभी
२०७९ पुष १ गते १६:५९
पेट्रोलियम पदार्थको मूल्य घटाउने आयल निगमको तयारी

१ पुस २०७९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ ।

बोर्ड बैठक राखेर मूल्य घटाउने निर्णय गर्ने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनले निगमलाई इन्धनको मूल्य घटाएर आज मात्र नयाँ सूची पठाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको हो । आइओसीको सूची अनुसार पेट्रोल ६ रुपैयाँ ९० पैस, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ ।

यसअघि घाटामा रहेको बताउँदै निगमले मूल्य समायोजन गरेको थिएन । तर, यो पटक भने वाणिज्य तथा आपूर्ति सचिव देशबाहिर रहेकाले उहाँ फर्किए लगतै बोर्ड बैठक राखेर मूल्य घटाउने निगमको तयारी छ ।

नेपालमा मूल्य नघटाउँदासम्म निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रुपैयाँ छ ।

विगतमा कच्चा तेलको मूल्य उच्च भएका बेला सोअनुरुप नेपालमा मूल्य समायोजन गर्न नसक्दा निगमको बक्यौता तथा ऋण रकम थपिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *