Main News

बिहानैदेखि खुल्यो बालगोपालेश्वर मन्दिर, दाजुभाइ र दिदीबहिनी नहुनेको टीका

हिमालय टिभी
२०७९ कार्तिक १० गते ७:१२
बिहानैदेखि खुल्यो बालगोपालेश्वर मन्दिर, दाजुभाइ र दिदीबहिनी नहुनेको टीका

१० कात्तिक २०७९ काठमाडौं । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बिहान ५ बजेदेखि नै खुलेको छ ।

दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । सर्वसाधरणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् । मन्दिर दर्शनको चाँजोपाँजो काठमाडौँ महानगरको वातावरण विभागले गरेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *